काठमाडौँ । प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले ३० जना वन रक्षकको विज्ञापन गरेको छ ।
आयोगले सोमबार सूचना जारी गर्दे प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवाका, जनरल फरेष्ट्री समूह, सहायक स्तर तेस्रो तह, वन रक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।
प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको हो ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।

