१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्‍यो कोशी प्रदेश लगानी सम्मेलनको मिति

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारले पहिलो पटक गर्न लागेको लगानी सम्मेलनको मिति सरेको छ । लगानी सम्मेलन निर्देशक समितिको बैठकले आवश्यक तयारी पूरा नभएको भन्दै वैशाखमा गर्ने गरी लगानी सम्मेलन सारिएको हो ।

प्रदेश सरकारले माघ ११ गतेदेखि तीन दिन विराटनगरमा कोशी प्रदेश लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । लगानी सम्मेलन व्यवस्थापनको तयारी नपुगेकाले लगानी सम्मेलनको मिति सारिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले बताए ।

उनले आवश्यक व्यवस्थापन पूरा नभएकाले लगानी सम्मेलनको मिति सार्नुपरेको जानकारी दिए । एकदुई दिनभित्र नयाँ मितिका बारेमा निर्णय हुने उनको भनाइ छ ।

लगानी सम्मेलनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समितिसहित ५ वटा विभिन्न समिति निर्माण गरिएको थियो । यस्तै व्यवस्थापनको लागि छुट्टै सचिवालयको कार्यालयसमेत सञ्चालन गरिएको थियो ।

पहिलो पटक आयोजना हुन लागेको प्रदेश लगानी सम्मेलनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले ३७ वटा आयोजना सोकेसमा राख्ने तय गरेको थियो । ती आयोजनाको लागत १ खर्ब चार अर्ब ८५ करोड रहेको छ । जसअनुसार २ अर्ब ५१ करोडका ६ वटा कृषिसँग सम्बन्धित प्रोजेक्ट छन् ।

यस्तै १ अर्ब १७ करोडका २ जलविद्युत आयोजना, ६२ अर्ब ६५ करोड बराबरका ८ उद्योग, २४ अर्ब ४३ करोड बराबरको पूर्वाधार निर्माण, ४७ करोडको डाटा सेन्टर, फोहोर व्यवस्थापनका लागि ५० करोडको एउटा आयोजना, १३ अर्ब १२ करोड बराबरको ११ वटा पर्यटनसम्बन्धी आयोजना छन् ।

प्रतिक्रिया दिनुहोस