२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी बैठक : कुलमानलाई हटाए सरकारविरुद्ध प्रतिवादमा उत्रन प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयले प्रवेश पाएको छ ।

केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले पदबाट निकालेको खण्डमा आफूहरू तत्काल सरकारविरुद्ध सडक आन्दोलनमा निस्कनुपर्ने बताएका हुन् ।

‘विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले हटाएर तत्काल सडक संघर्षमा जानुपर्छ,’ मंगलबार बैठकमा आफ्ना कुरा राख्ने क्रममा तामाङले भनेका छन् ।

सोमबार मात्रै घिसिङलाई सरकारले ९ बुँदे स्पष्टीकरण सोधेको थियो । घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको हो ।

साथै, उनले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई एकै ठाउँमा राखेर सम्पत्ति विवरण माग्ने कार्य ठिक नभएको उनको भनाइ थियो ।

‘पार्टीमा सम्पत्ति विवरण बुझाउने कुरा त ठिक छ,’ तामाङले भनेका छन्, ‘तर, गलत तरिकाले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा राज्यले दोषी करार गरेकालाई हामीसँगै सम्पत्ति विवरण माग्नु पनि ठिक भएन ।’

केन्द्रीय सदस्य तामाङले अब सिधै महाधिवेशनको तयारीमा जुट्नपर्ने तर्क गरेका छन् । पार्टी बैठकमा धारणा राख्नेहरूले महाधिवेशनबारे मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

केहीले तत्काल महाधिवेशन गर्नुपर्ने बताएका छन् भने केहीले अहिले अभियानमा जोडिएर महाधिवेशनको तयारी पछि गर्न सुझाव दिएका छन् ।

तामाङले बैठकमा भनेका छन्, ‘सिधै महाधिबेशनको तयारीमा जुटौँ । आजको आवश्यकता यही हो ।’

उनले कार्यकारी राष्ट्रपतिको एजेण्डासहित अध्यक्ष प्रचण्ड नेतृत्वमा दुई तिहाइ मत प्राप्त गर्ने गरी ०८४ को निर्वाचनमा जुट्न पनि आग्रह गरेका छन् ।

पार्टीमा दण्डहीनताको मुखदर्शक र गुटहरूको साक्षी बस्ने प्रचलन अन्त्य नगर्दासम्म विधिको कुरा गफमै स्मित हुने उनले बताएका छन् ।

माओवादी निकट विद्यार्थी संगठनका पूर्वअध्यक्ष समेत रहेका तामाङले उमेर हदका कारण बिदा भएकाहरूलाई सबै तहमा प्राथमिकताका साथ न्यायोचित निर्णय गराएर पठाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस