१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास निर्माणमा सहज हुने गरी काम गरिरहेका छौँ : वनमन्त्री ठकुरी

अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विकासका पूर्वाधार निर्माणमा आफ्नो मन्त्रालयले सहजीकरण र सरलीकरण हुने गरी काम गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले विकास निर्माणलाई सहज हुने गरी वनसम्बन्धी कानून संशोधन गर्न लागिएको जानकारी गराए । मन्त्री शाहीले भने, “विकास आयोजनामा देखिएका कानूनी अल्झन समयमै समाधान गरेर अघि बढ्न कानूनमा समसामयिक संशोधन गर्न लागेका छौँ । यस समिति बैठकमा सांसदहरूले उठाउनुभएका सुझावलाई मनन गरेर अघि बढ्न मन्त्रालय प्रतिबद्ध छ ।”

उनले नेपालमा जलवायु परिवर्तनले परेका असर, यस सम्बन्धमा नेपालबाट भएका प्रयास र अन्तर्राष्ट्रियस्तरका मञ्चमा नेपालको सहभागिता, आगामी दिनमा वन, वातावरण तथा जलवायु परिवर्तन क्षेत्रमा गर्नुपर्ने कामलगायत सांसद र विज्ञहरूका सुझावका लागि आभार व्यक्त गरे ।

बैठकमा वन राज्यमन्त्री रुपा विकले वन व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नीतिगत सुधार गरेर अघि बढ्नुपर्ने बताए । उनले मुलुकमा पर्याप्त मात्रामा वनजंगल भए पनि जनताले मागअनुसारको काठ उपयोग गर्न नपाएको अवस्थामा सोही विषयलाई दृष्टिगत गरी मन्त्रालयले काम गरिरहेको जानकारी गराए ।

वन सचिव डा. दीपककुमार खरालले  नेपालमा जलवायु परिवर्तनबाट परेका असर न्यूनीकरण गर्ने सम्बन्धमा भएका प्रयासबारे जानकारी गराएका थिए । उनले सांसदका जिज्ञासामा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२९) लगायतका मञ्चमा नेपालको सहभागिताको प्रभावकारी रहेको बताए ।

समिति सभापति कुसुमदेवी थापाको अध्यक्षतामा भएको बैठकमा सांसदहरू वीरबहादुर बलायर, वीरेन्द्रप्रसाद महत्त्व, भानुभक्त जोशी, रुपा सोशी चौधरी, विनीता कठायत, सरस्वती सुब्बा, अशोक चौधरी, विजुला रायमाझीलगायतले विकास निर्माणका काममा देखिएका कानूनी अल्झन तत्काल हटाउन काम गर्न, जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सहभागिता प्रभावकारी बनाउन तथा आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस