२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेरी अस्पताल मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

अ+ अ-

बाँके । भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग अस्पतालले सम्झौता गरेसँगै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो ।

सोमबार भेरी अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा निराजन सुवेदीबीच मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सो अवसरमा मन्त्री पौडेलले सबै संघीय अस्पतालमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजना रहेको जानकारी दिए । “अब भेरी अस्पतालमा पनि सेवा सुरु गर्ने गरी सम्झौता भएको छ । सातै प्रदेशमा यो सेवा विस्तार गर्दै सर्वसुलभ, सहज र पहुँचयोग्य बनाइनेछ”, उनले भने ।

अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठले भेरी अस्पतालमा मिर्गौला सेवा सञ्चालनका लागि केन्द्रले आवश्यक जनशक्ति, प्रविधि र प्राविधिकलगायत सहयोग गर्ने बताए । आगामी एक महिनाभित्र सेवा दिने तयारी भइरहेकाले यहाँका स्थानीय मिर्गौला प्रत्यारोपण गर्न बाहिरी जिल्ला, भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ ।

“मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि केही कानुनी प्रक्रियाहरू छन्”, ती कानुनी प्रक्रिया अस्पतालले पूरापछि सेवा विस्तार, जनशक्ति व्यवस्थापनलगायत काम गर्न एक महिना लाग्न सक्छ”, श्रेष्ठले भने । उनले मिर्गौला प्रत्यारोपण सेवालाई सर्वसुलभ गराउने गरी केन्द्र अगाडि बढेको उल्लेख गरे ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवेदीले अस्पतालमा विशिष्टीकृत सेवा विस्तार गर्दै लैजाने क्रममा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्न लागिएको बताए । उनले अंग प्रत्यारोपण सेवा विस्तार गर्न आवश्यक पर्ने कानूनी जटिलता यथाशीघ्र समाधान भएर सेवा सञ्चालन गरिने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस