२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समय सकिएपछि कमिलाको पनि पखेटा पलाउँछ : ओली

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै समय सकिएपछि कमिलाको पनि पखेटा पलाउने टिप्पणी गरेका छन् ।

एमालेका अध्यक्ष समेत रहेका ओलीले नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र रविको सरकारले जथाभाबी बोल्न र गर्न थालेपछि काँग्रेससँग मिलेको सुनाए ।

उनले भने, ‘मुद्दा मामिला गरेर फसाउने कुरा पहिले महेन्द्रको पालामा अराष्ट्रिय तत्व मात्रै भनेर आरोप लगाउँथे, पछि त अनेक खालको आरोप लगाउने, भ्रष्टाचारी भनेर आरोप लगाउने, अस्ति प्रचण्ड–रविको सरकार हुँदा पनि त्यस्तै कुरा उनीहरूले दोहोर्‍याउन खोजे, यिनीहरुले् जथाभाबी बोल्न र गर्न थाले, अस्थिरता, अन्योल र भ्रष्टाचार देशमा सीमा रहेन, जनताले एमाले र कांग्रेसजस्तो पार्टी हुँदा हुँदै यो कसको के नाच हुन् यी ? काँग्रेस र एमाले ट्वाँ परेर हेरिरहेको छ । अरु धुमाधाम नाचिरहेका छन् । त्यसैले यो सच्याउनुपर्छ भनेर मिलेका हौँ ।’

उनले झिंगाको सरापले डिंगा, गाईभैंसी, पशु केही पनि नगर्ने बताए । उनले थपे, ‘केहीले अहिले सरापेको सरापेकै छन् । सरकार ढलिजाओस् भनेर । तर झिंगाको सरापले डिंगा मर्दैन, गाईभैंसी, पशु केही पनि मर्दैनन् । समय सकियो भने कमिलाको पनि पखेटा पलाउँछ । कमिलाले पखेटा पलाएपछि उड्न त उड्छ तर माथि पुगेपछि चराले क्वाप्प पारेर खाइदिन्छ । यिनीहरूलाई पनि त्यस्तै भएको छ ।’

प्रतिक्रिया दिनुहोस