काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २४ पुसमा दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको २७ मंसिरमा बसेको ४१८औँ बैठकले काठमाडौँ शंखमुलस्थित अनमोल क्याटरिङमा दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभामा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
साधारण सभा प्रयोजनका लागि १८ देखि २४ पुससम्म कम्पनीको सेयर दर्ता किताब बन्द रहने छ ।