२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात वर्षसम्म पुल निर्माण अधुरै

अ+ अ-

गोदावरी (कैलाली) । कैलालीको शिवगंगा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै छ । धनगढी उपमहानगरपालिका-१७ र वडा नं १६ रामपुर जोड्ने उक्त पक्की पुल निर्माणका लागि सम्झौता भएको लामो समय भए पनि निर्माण कार्यले गति लिन सकेको छैन ।

निर्माणको जिम्मा लिएको पप्पु एड्भेन्चरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । रु १४ करोड २६ लाख लागतमा तीन वर्षभित्र काम सक्नेगरी सडक डिभिजन कार्यालय महेन्द्रनगर र पप्पु एड्भेन्चरबीच २०७४ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । निर्माण कम्पनीले सात वर्षसम्म पुल निर्माणका लागि जग खन्ने काममात्र गरेको धनगढी उपमहानगरपालिका–१७ का वडाध्यक्ष माधवराज रानाले बताए ।

खुटिया र शिवगंगा नदीमा पुल निर्माण गर्न एकैपटक शिलान्यास भएको थियो । उनले भने, “खुटिया नदीमा पुल निर्माण भएको चार वर्ष भयो तर शिवगङ्गामा काम भएको छैन ।”

सडक डिभिजन कार्यालयका अनुसार निर्माण कम्पनीले ३० प्रतिशत काम सकिएको भनेर कुल लागतको २२ प्रतिशत अर्थात् रु तीन करोड १३ लाख ७२ हजार भुक्तानी लिएको छ । ठेक्का सम्झौताअनुसार सो पुलको निर्माण कार्य २०७७ असारसम्म सम्पन्न हुनुपर्ने हो । सडक डिभिजन कार्यालयले पटक-पटक गरी २०८२ भदौसम्म म्याद थपेको जनाएको छ ।

निर्माण कम्पनीले साढे दुई वर्ष थप्न माग गरेपछि पुल निर्माणका लागि समय थप गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले बताए । निर्माण कम्पनीले चालु आवभित्र पुल निर्माण सम्पन्न गर्ने जनाएको उनको भनाइ छ ।

शिवगङ्गा नदीमा पुल निर्माण सम्पन्न नहुँदा वर्षात्का बेला डल्लबमा एक पटकको रु एक सय शुल्क तिरेर नदी तर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष रानाले जानकारी दिए । पुल निर्माण सम्पन्न नहुँदा हिउँदको समयमा उपमहानगरपालिकाले ह्युम पाइपमार्फत सवारीसाधन सञ्चालन गर्न सडक निर्माण गर्दै आएको छ । वर्षात्को समयमा शिवगंगामा बाढी आउने भएकाले मोटरसाइकल र साइकल डल्लबमै राखेर नदी वारपार गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस