२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायालयको बेञ्चमा झलझल पार्टीको अनुहार देखियो : मुख्यमन्त्री पाण्डे

अ+ अ-

काठमाडौँ । न्याय सम्पादनदेखि ऐन, कानुन र संविधानसम्मको चर्चा गर्दै नेपाल बार एशोसिएसनको ५० औँ कार्यकारिणी परिषद् बैठक पोखरामा सुरु भएको छ । बैठकमा देशभरका १ हजारभन्दा बढी कानुन व्यवसायी सहभागी छन् ।

न्यायालयलाई राजनीतिमुक्त गराउने आन्दोलन पोखराबाट सुरुवात भएको भन्दै न्यायालयभित्रको विकृति हटाउनुपर्ने उद्घोष नेपाल एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको थियो ।

न्यायाधीशहरूमा कार्यकारीको भोक जागेकाले त्यसकाविरुद्ध आफूहरू उभिने बार अध्यक्ष घिमिरेले बताउँदा बैठक उद्घाटन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले त बेञ्चमा न्यायाधीशहरूलाई झलझल पार्टीको अनुहार देखिएको बताए ।

बैठक उद्घाटनपछि बोल्दै मुख्यमन्त्री पाण्डेले न्याय सम्पादनमाथि प्रश्नमात्रै उठाएनन्, न्यायाधीशहरूको अनुहार राजनीतिक दलकोजस्तो देखिएको पनि बताए ।

अहिलेसम्म न्यायालयको बेञ्चसमेत नदेखेको बताउँदै पाण्डेले यो वर्ष दुई पटक न्यायालयको बेञ्च देख्ने अवसर पाएको दाबी गरे । उनले त्यो दुई पटकमा माथि बेञ्चमा बस्ने न्यायाधीशहरूलाई राजनीतिक पार्टीजस्तो देखेको दोहोर्‍याए ।

‘मैले अघि पनि भने कि माननीय-सम्मानीयहरू माथि आउनुहुन्थ्यो । कस्तो फिल हुन्थ्यो भन्दा झलझल पार्टीको अनुहार देखिन्थ्यो । म आफू पनि राजनीतिक व्यक्ति, तलतिर बसेर माथितिर हेर्दा चाहिँ पार्टीपार्टीजस्तो देखिने, राजनीतिक दल-दलजस्तो देखिने,’ पाण्डेको अभिव्यक्तिले हलमा हाँसो र ताली गुञ्जियो ।

न्यायालय कहिल्यै स्वविवेकी नहुने बताउँदै मुख्यमन्त्री पाण्डेले न्यायलाई पनि कानुन र संविधानले गाइड गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस