काठमाडौँ । कार्यक्षेत्रमा जाँदै गरेकी उत्तरी गोरखाकी एक स्वास्थ्यकर्मी खच्चडलाई हानेको ढुंगा लागेर सख्त घाइते भएकी छिन् ।
चुमनुब्री गाउँपालिका-६ लोक्पा स्वास्थ्य चौकीमा कार्यरत सुजा गुरुङ खच्चड धपाउने गोठालाले हानेको ढुंगा लागेर घाइते भएकी गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
आइतबार बिहान करिब १० बजेतिर खच्चड गोठालाले खच्चडलाई हानेको ढुंगा लागेर चुमनुब्री गाउँपालिका–३ फिलिम घर भई लोक्पा सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत २७ वर्षीय सुजा गुरुङ गम्भीर घाइते भएकी वडा अध्यक्ष सरोज लामाले जानकारी दिए ।
दुर्गमको ठाउँमा यसअघि पनि यस्ता घटनाहरू घटिरहेको उनले जानकारी दिए ।
मनास्लु क्षेत्र र चुम उपत्यकामा पर्यटक तथा स्थानीयवासी आवतजावत गर्ने बाटोमा खच्चड धपाउँदा खच्चड धपाउँदा व्यवसायीहरू संवेदनशील हुनुपर्ने उनको जोड छ ।