काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउन सक्ने बुझिएको छ । चाडबाड तथा आफू पनि केही अस्वस्थ भएसँगै अत्यावश्यवाहेक भेटघाटसमेत बन्द गरेका प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार आएसँगै बैठक बोलाउन सक्ने बालुवाटार प्रशासन स्रोतले जानकारी दिएको छ ।
आजको बैठकमा विशेष नियुक्ति नभए पनि मन्त्रालयगत नियमित प्रस्तावहरूबारे छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ । साथै पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रीहरूको कार्यक्षमताबारे पनि सामान्य छलफल हुन सक्ने ती स्रोतको भनाई छ ।यद्यपि बैठक बस्नेबारे मन्त्रीहरूलाई जानकारी भने पठाई सकिएको छैन ।