२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउथ सुपरस्टार थलापति विजय राजनीतिमा प्रवेश

अ+ अ-

काठमाडौँ । साउथ सुपरस्टार थलापति विजय राजनीतिमा प्रवेश गरेका छन् । उनले अरु कसैको दलमा नगई आफैँले नयाँ पार्टी घोषणा गरेका हुन् । त्यति मात्र होइन, विजयको दल तमिलगा वेत्री कझगम (टीभीके) ले आइतबार तमिलनाडुको विल्लुपुरम जिल्लाको विक्रवन्डीमा विशाल आमसभासमेत आयोजना गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आमसभामा विजयको भाषण सुन्न हजारौँ पुगेका थिए ।

भाषणका क्रममा उनले राज्य र केन्द्र सरकारमा रहेका दलहरूविरुद्ध निसानासमेत साधेँ । तमिलनाडु सरकारमा रहेको डीएमके र केन्द्र सरकारमा रहेको भाजपाले विभाजनको राजनीति गरिरहेको उनले बताए ।

त्यस्तै भाजपाप्रति इंगित गर्दै विजयले भने, ‘घृणाको राजनीति गर्नेहरू हाम्रा शत्रु हुन् । विभाजनकारी राजनीति र घृणा हाम्रा शत्रु हुन् । ‘म राजनीतिक शिष्टाचार र राजनीतिक शालीनलता कायम राख्नेछु । यो भिड पैसाका लागि होइन, एउटा उद्देश्यका लागि हो ।’ उनले आफू राजनीतिमा जगेडका रूपमा नआएको समेत बताए । तमिलनाडुको प्रमुख शक्ति बन्ने प्रणसमेत उनले गरेका छन् । ‘पहिला मलाई लाग्थ्यो राजनीति किन गर्नुपर्‍यो र ? तर के आफ्नै बारेमा सोच्नु स्वार्थ हैन र ?, ‘उनले भाषणका क्रममा भने । उनले सन् २०२६ मा हुने तमिलनाडु विधानसभा चुनावमा राज्यका २३४ सिटमै आफ्नो दलले उम्मेदवार उठाउनेसमेत बताए ।

विजयले यसै वर्षको फेब्रुअरीमा तमिलनाडु र पुडुचेरीमा काम गर्नका लागि राजनीतिक दल स्थापना गरेका थिए । भारतीय निर्वाचन आयोगले भने टीभीकेलाई गत सेप्टेम्बरमा आधिकारिक रूपमा दलको मान्यता दिएको थियो । दलको मान्यता पाएपछि विजयले आइतबार जनसभा आयोजना गरेका हुन् । विजयले आफ्नो दलको विचारधारा धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित भएको समेत बताएका छन् ।

यसअघि पनि दक्षिण भारतमा थुप्रै कलाकारहरू राजनीतिमा आइसकेका छन् । तीमध्ये केही सफल भएका छन् भने केही असफल । पवन कल्याण, चिरन्जीवी, एमजी रामचन्द्रन, विजयकान्त, एनटी रामा राव, कमल हसनजस्ता कलाकार राजनीतिमा आइसकेका छन् । चिरन्जीवीका भाइसमेत रहेका पवन कल्याणले सन् २०१४ मा जन सेना पार्टी बनाएका थिए । यसै वर्षको आन्ध्र प्रदेश विधानसभा चुनावमा उक्त दलले २१ सिट जित्यो । त्यस्तै लोकसभा चुनावमा २ सिट जितेको उक्त दलले भाजपासँग चुनावी गठबन्धन गरेको थियो । पवन अहिले आन्ध्रका उपमुख्यमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस