१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रदेश सरकारले सामाजिक संघसंस्थासँग हातेमालो गर्छ’: मुख्यमन्त्री लामा

अ+ अ-

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सामाजिक संघसंस्थासँग हातेमालो गरेर प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् ।

‘जेसीज सप्ताह-२०२४’ को समापनका अवसरमा हेटौँडामा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले विकासमा सामाजिक संघसंस्थाको भूमिका महत्त्वपूर्ण रहेकाले प्रदेश सरकार सामाजिक संघसंस्थालाई साथमा लिएर अघि बढ्न प्रतिबद्ध रहेको बताए ।

युवाहरू जेसीजमार्फत एकताबद्ध भएर नेतृत्व तथा व्यक्तित्व विकाससमेत गर्दै सामाजिक सेवामा लागेकोप्रति खुसी व्यक्त गदै मुख्यमन्त्री लामाले जेसीजको कर्मबाट सिंगो समाजले प्रेरणा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे । जेसीजले समाजमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गदै उनले जेसीजका नेतृत्व अझै क्रियाशील भएर सामाजिक क्षेत्रमा लाग्नु आवश्यक रहेको बताए ।

हेटौँडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षतामा आयोजित समापन कार्यक्रमका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेता तथा उपबिजेतालाई मुख्यमन्त्री लामाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

हेटौँडा जेसीजद्वारा यही कात्तिक ६ गतेदेखि ९ गतेसम्म आयोजित ‘जेसीज सप्ताह २०२४’ अन्तर्गत साइकल रेस, स्लो मोटरसाइकल रेस, रक्तदान, लागु औषध दुर्व्यसन न्यूनीकरणसम्बन्धि अन्तरक्रियालगायतका कार्यक्रम आयोजना गरेको थियो । 

प्रतिक्रिया दिनुहोस