काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ ।
महानगरले आज एक सूचना जारी गर्दै स्वास्थ्य तर्फका विभिन्न पदका लागि एक सय आठ जना कर्मचारी माग गरेको हो।
महानगरले लोक सेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि मात्रै करारमा काम गर्ने गरी कर्मचारी माग गरेको हो ।
महानगरले आठौं तहको मेडिकल अधिकृत ४ जना, पाँचौं तहको ल्याब टेक्निसियन २९ जना, पाँचौं तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौं तहको स्टाफ नर्स ५ जना माग गरेको छ ।
यस्तै, फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १/१ जना माग गरेको छ । श्रेणीविहीन २६ जना कार्यालय सहयोगीसमेत माग गरेको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्।
हेर्नुस् सूचना :
