२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाले सुरु गर्‍यो ‘कर्णाली यात्रा’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय नेताहरू कर्णाली यात्रामा निस्किएका छन् । ‘कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न’ भन्दै केन्द्रीय नेताहरू कर्णाली यात्रामा निस्किएका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्तीकुमारी शाही र प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरू मंगलबार सल्यानको सल्ली बजार पुगेका छन् । सल्लीबजारबाट सुरु गरेको यात्रा सुर्खेत, दैलेख हुँदै मुगु पुग्ने राप्रपा केन्द्रीय सदस्य रविकिरण हमालले जानकारी दिए ।

उनका अनुसार आज सल्ली बजारमा कार्यक्रम गरेर नेताहरूको टोली बेलुका प्रदेश राजधानी वीरेन्द्रनगर आउने छ । त्यस्तै बुधबार पश्चिम सुर्खेतको बाबियाचौर, बिहीबार दैलेखको दुल्लु, शुक्रबार कालीकोट सदरमुकाम मान्म, शनिबार जुम्लाको गोठिजिउला र आइतबार मुगुको सदरमुकाम गमगढीमा आमसभा कार्यक्रम तय गरिएको छ ।

राप्रपाले आफ्ना कुरा भन्ने र जनताका कुरा सुन्ने धेयका साथ कर्णाली यात्रा सुरु गरिएको केन्द्रीय सदस्य हमालले बताए । कर्णाली बदल्न सके मात्रै देश बदलिने भएकाले कर्णाली यात्रा थालिएको राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले बताए । ६ जिल्लामा ६ वटा आमसभा हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस