१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिर्गौला तस्करी आरोपित ५ जना पुर्पक्षका लागि कारागार चलान 

अ+ अ-

काठमाडौँ । मिर्गौला तस्करीका दुई वटा घटनामा पक्राउ परेका ६ जनामध्ये पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मिर्गौला तस्करीका दुई वटा फरक मुद्दामा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले ६ जनालाई पक्राउ गरेको थियो । जसमा काभ्रेका एक व्यक्तिको मिर्गौला तस्करी घटनामा प्रतिवादी बनाइएका काभ्रेकै कृष्ण विक र ललितपुरका शंकर खत्री यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

चन्द्रागिरिका अर्का युवकको मिर्गौला तस्करीमा खत्रीसहित बालाजुमा खाजा पसल चलाउने मकवानपुरकी शान्तिमाया घलान, काठमाडौँ चन्द्रागिरिका नारायण भनिने नारन परियार, धनुषाका अमन साह, धादिङका कृष्ण श्रेष्ठ, सिन्धुपाल्चोकका राजकुमार नेपाली भनिने राजकुमार बिसुन्के, धनुषाका विमलप्रसाद साह र धनुषाकै मुकेशकुमार साहविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरूमध्ये राजकुमार, विमलप्रसाद र मुकेशकुमार फरार थिए ।

दोस्रो मुद्दामा पनि प्रतिवादी रहेका शंकर खत्रीलाई सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले १ लाख धरौटी र शान्तिमायासँग ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बाँकी तीन जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश आएको छ ।

खत्रीलाई दोस्रो मुद्दामा १ लाख धरौटीमा छाड्न आदेश दिए पनि उनी पहिलो मुद्दामा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । त्यस्तै पहिलो मुद्दाका कृष्ण विक, नारन परियार, अमन साह र कृष्ण श्रेष्ठ गरी पाँच जनालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस