२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करोड दिनेले अर्ब फिर्ता गर्ने सोच राखेकै हुन्छ : बिन्दा पाण्डे

अ+ अ-

काठमाडौँ। नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले पार्टीलाई करोड दिने अर्ब फिर्ता गर्ने सोच राखेको हुने बताएकी छन् । व्यवसायी मीनबहादुर गुरुङसँग भवन बनाउन जग्गा दान लिएको विरोध गर्दा पार्टीले स्पष्टीकरण सोधेपछि उनले परिवर्तनका वाहक श्रमजीवी जनता भएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘तुल्सीलाल अमात्यले आफ्नो पुस्तक बुद्ध, बुद्धत्व र बुद्ध दर्शनमा लेनिनको भनाइलाई उद्धृत गर्दै लेख्नुभएको छ, शोषक वर्गले दिएका लाख रुपैयाँले हामीलाई कमजोर बनाउँछ । तर, मेहनकस जनताले दिएको एकरएक पैसाले हाम्रो शक्ति बढाउँदछ । अमात्य, २०७८ नेकपा माले पार्टी मेहनतकस जनताको त्यही शक्तिमा बनेको थियो । ती श्रमजीवी कहाँ छन् ? पार्टीको गणनामा पर्न छाडेका छन् ।’

उनले अहिले पार्टीलाई आवश्यकता पर्दा लाखौँ होइन, करोडौँ बोकेर आउनेहरू भेटिन थालेको टिप्पणी गरेकी छन् ।

उनले थपेकी छन्, ‘तर, बुझ्नुपर्छ जसले लाख दिन्छ, करोडको अपेक्षा राखेको हुन्छ । जसले करोड दिन्छ, उसले अरब फिर्ता गर्ने सोच राखेकै हुन्छ । तर ती पैसामा जम्मा गरेर रुपैयाँमा सहयोग गर्ने श्रमिक वर्गले त्यस बापत सुशासन अपेक्षा गरेका थिए । नागरिकले सम्मानपूर्वक श्रम गरी खान पाउने, हरेक सन्तानले असल शिक्षा र बिरामी हुँदा सहज उपचारको अपेक्षा गरेका थिए । जुन सामूहिक र सामाजिक हुन्छ । त्यो हामीले कति पूरा गर्न सक्यौँ ? कति प्रयत्न गर्‍यौँ ? आजको अहम प्रश्न हो ।’

हिजो बसेको एमाले सचिवालय बैठकले नेतृ पाण्डेसहित नेताद्वय भीम रावल र उषाकिरण तिम्सेनालाई पार्टीको निर्णयविपरित अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो ।

उनले व्ययदायीसँग जग्गा दान लिँदा साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस