काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज (आइतबार) बस्दै छ । बैठक साँझ ५ बजेका लागि तय भएको केन्द्रीय कार्यालयले जनाएको छ ।
च्यासलस्थित पार्टी कार्यालयमा बस्ने सचिवालय बैठकमा समसामयिक विषयमा छलफल गरेर आवश्यक निर्णय हुने बताइएको छ ।
पछिल्लो समय एमाले व्यापारीबाट दानमा जग्गा लिएका कारण आलोचित भएको छ ।