१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारका समस्या समाधानका लागि गठित आयोगले काम गर्ने थालेको छ । आयोगका नवनियुक्त अध्यक्ष पूर्वन्यायाधीश जयानन्द पनेरुले विस्थापित परिवार बस्दै आएको ढक्का शिविर पुगी प्रारम्भिक जानकारी लिएका छन् ।

निकुञ्जबाट विस्थापित संघर्ष समितिका पदाधिकारीहरूसँग आयोगका अध्यक्ष पनेरुले छलफल गरी समस्या समाधानका लागि आवश्यक राय लिए । विभिन्न समयमा गठन भएका आयोगका प्रतिवेदन अध्ययन गरी तीन महिनाभित्र नेपाल सरकारलाई प्रतिवेदन बुझाइने अध्यक्ष पनेरुले जानकारी दिए ।

विस्थापित परिवार, जनप्रतिनिधि, आयोगका पूर्वपदाधिकारीका राय सुझाव र स्थलगत अवलोकनका क्रममा देखिएका विषय प्रतिवेदनमा समावेश गरिने उनको भनाइ छ । उनले भने, “वास्तविक निकुञ्ज विस्थापित परिवारको पहिचान गरी पुनः स्थापना र मुआब्जाका लागि सिफारिससहित प्रतिवेदन बुझाउँछौँ ।”

निकुञ्ज पीडित संघर्ष समितिका सचिव गोविन्द नेपालीले वास्तविक र प्रतिवेदनमा छुटेका परिवारलाई प्रमाणित गरी पुनः स्थापना गर्नुपर्ने सुझाव दिए । विगतमा आयोगले पुनः स्थापनाका लागि छनोट गरेका हैसियत बिग्रेका वनको जग्गामा पुनः स्थापना गराउनुपर्ने उनको माग छ ।

तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षका वार्डेन सूर्यबहादुर पाण्डेले विसं २०५८ मा जग्गा वितरण गर्न बाँकी परिवारलाई बस्दै आएको क्षेत्रको जग्गा नाप जाँच गरी पुनः स्थापना गर्नुपर्ने, पुनः स्थापनाका लागि भएका आन्दोलनमा विस्थापित परिवारले कब्जा गरेको जग्गा पीडित परिवारलाई वितरण गर्नुपर्ने र बाँकी वास्तविक विस्थापितलाई उचित मुआब्जा दिनुपर्ने उनको भनाइ छ ।

निकुञ्ज विस्तारका क्रममा विस्थापित छ सय बढी परिवार कष्टपूर्ण रूपमा शिविरमा बस्दै आएका छन् । निकुञ्ज विस्थापित परिवारसँगै आयोगका अध्यक्ष पनेरुले सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह विष्ट, बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना लगायतसँग छुट्टाछुट्टै भेटघाट गरी समस्याबारे राय सुझाव लिएका छन् ।

प्रतिक्रिया दिनुहोस