२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घृणा र उत्तेजनाको राजनीतिले समाज विघटनतर्फ जान्छ : सुहाङ नेम्वाङ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले समस्या, निराशा र अवरोधहरूलाई पछ्याएर मुलुकलाई समृद्धिको बाटोमा लैजाने अठोटका साथ एमाले र काँग्रेस एकै ठाउँमा उभिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै पछिल्लो समयमा समाजमा देखिएको भाष्य चिर्नको लागि सरकारले काम गरिरहेको बताए ।उनले आफ्नो बुबा सुवासलाई सम्झिँदै देश निर्माणका लागि सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘मेरो बुबाले सधैँ भन्नुहुन्थ्यो, ‘सहमति र सहकार्य ।’ उहाँ सहमति र सहकार्यका विनम्र पहरेदार र प्रवक्ता हुनुहुन्थ्यो । हो, यही मान्यताको साथ उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व जस्ता पक्ष सामेल भएको नेपालको संविधान २०७२ जारी गर्ने ऐतिहासिक कार्यको नेतृत्व गर्नुभयो । आज म फेरि एक पटक यो सम्मानित सदनमा उभिएर उहाँप्रति सम्मान प्रकट गर्दछु । मेरो बुबा सधैँ भन्ने गर्नुहुन्थ्यो, ‘जस्तासुकै मतभिन्नतालाई पनि समाधान गर्न सकिन्छ, समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ ।’

उनले अहिलेजस्तै निराशा, उत्तेजना र घृणा फैलिइरहने हो भने असहिष्णुताको आँधीबेहरी चलाइरहने हो भने नेपाली समाज विघटनतर्फ नजाला भन्न नसकिने बताए । उनले भने, ‘मेरो विनम्र अनुरोध छ, देश बन्छ, बनाउनुपर्छ । असहिष्णुताको आँधीबेहरी होइन सुसंस्कृत समाज निर्माण गरौँ । बुवाकै शब्द सापटी लिएर भन्छु, ‘सहमति र सहकार्य ।’

प्रतिक्रिया दिनुहोस