२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरबन्दी नै नभएको ठाउँमा सरुवा, उजुरी परेपछि छानबिन हुँदै

अ+ अ-

सुर्खेत । सरुवामा विभेद गरेको भन्दै कर्णाली प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा उजुरी परेको छ । सामाजिक विकास मन्त्रालयले डाक्टर सरुवामा विभेद गरेको भन्दै उजुरी परेको हो ।

सामाजिक विकास मन्त्रालयले मेहेलकुना अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डा. सोजन सापकोटाको विज्ञता नै प्रयोग नहुने ठाउँमा सरुवा गरेको भन्दै सरुवा स्थगन तथा बदर गर्न माग गर्दै उजुरी परेको हो । आफूलाई कार्यक्षेत्रभन्दा बाहिर सरुवा गरिएपछि डा. सापकोटाले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उजुरी दिएका हुन् । 

मन्त्रालयले क्षेत्राधिकार बिर्सेर गरेको सरुवा विभेदपूर्ण रहेको उल्लेख गर्दै उनले सरुवा बदर हुनुपर्ने मागसहित उजुरी दिएका हुन् । डा. सापकोटा स्वास्थ्य सेवा अन्तर्गत जनरल सर्जरी अधिकृतस्तर १० औँ तहका डाक्टर हुन् । डा. सापकोटालाई मानव संसाधन विकास केन्द्रमा सरुवा गरेर भूमिकाविहीन बनाएको भन्दै विरोधसमेत भएको छ । यही भदौ १३ मा मन्त्रीस्तरको निर्णयबाट मन्त्रालय र मातहत रहेका कार्यालयका कर्मचारीको सरुवामा भएको थियो । 

सरुवाका क्रममा विशेषज्ञ डाक्टरलाई अस्पतालमा नभई अन्यत्र पठाएर मनपरी गरेको भन्दै विरोध भएको छ । डा. सापकोटाले आफ्नो सीप र विज्ञताको प्रयोग नहुने स्थानमा सरुवा गरिएको भन्दै उजुरी दिएका हुन् । आफ्नो सीप र विशेषज्ञताको उपयोग नहुने स्थानमा आफूलाई सरुवा गरिएको सापकोटाले बताए ।

उनले भने, ‘राजनीतिक स्वार्थका कारण मेरो विज्ञता प्रयोग नै नहुने स्थानमा सरुवा भएको छ ।’ त्यसो त राजनीतिक प्रतिशोधका कारण यसअघि पनि उनलाई पटक पटक विज्ञता प्रयोग नहुने स्थानमा सरुवा गरिएको थियो ।

प्रदेश सरकारका सचिव आनन्द सारूले डा. सापकोटाको उजुरीमाथि छानबिन भइरहेको जानकारी दिए । ‘सरुवाको विषयमा उजुरी परेको छ । मन्त्रालयसँग कागजात मागेका छौँ,’ उनले भने, ‘अनुसन्धान हुँदै छ ।’ 

अहिले मन्त्रालयले सापकोटालाई मानव संसाधन केन्द्रमा नभएको दरबन्दीमा पठाएको छ । सामाजिक विकास मन्त्रालयका एक कर्मचारीका अनुसार दरबन्दी नै नभएको स्थानमा डा. सापकोटाको सरुवा भएको हो । विशेषज्ञ डाक्टरलाई जबरजस्ती थन्क्याउनकै लागि सरुवा गरिएको आरोप लागेको छ । 

डा. सापकोटाको सरुवालाई लिएर प्रदेश सरकार विवादमा परेको छ । व्यक्तिगत रिसइबी र व्यवहारका कारण डा. सापकोटाको सरुवा भएको स्रोत बताउँछ ।

सरुवाको लिस्ट सार्वजनिक भएपछि विरोध भएका कारण सरुवाको पत्र भने कर्मचारीसम्म पुगेको छैन । मानव संसाधन केन्द्रका प्रमुख धर्मजित शाहीले डा. सापकोटालाई सरुवा गरिएको पत्र केन्द्रमा आई नसकेको जानकारी दिए । डा. सापकोटाले पनि सरुवाको पत्र प्राप्त भई नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस