काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वविशिष्टको गाडी फिर्ता लिने चेतावनी दिएका छन् । सरकारी सुविधा छाड्न पटक-पटक गरिएको आग्रह नमाने प्रहरी लगाएर फिर्ता ल्याउने चेतावनी दिएका हुन् ।
‘पूर्वविशिष्टहरूले सेवा पाउने व्यवस्था यसअघिको सरकारले गरेको थियो, हामीहरूले खारेज गर्यौँ, तर गाडीहरू फिर्ता आएका छैनन् । एकजना पूर्व सभामुख र एकजना पूर्वमुख्यमन्त्रीले सरकारको आग्रहलाई अटेर गरेको अवस्था छ, सेवा सुविधा दिने निर्णय खारेज गरेसँगै गाडी फिर्ता नगरेमा प्रहरी लगाएर भए पनि फिर्ता ल्याउने छौँ’ आचार्यले अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित कार्यक्रममा भने ।