काठमाडौँ । सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिव घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कोषको सञ्चालक समितिको अध्यक्षको समेत काम गर्ने गरी सचिव घिमिरेलाई जिम्मेवारी दिइएको हो ।
यस्तै, कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई मनोनयन गरिएको छ ।