२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब एमपीएस उत्तीर्ण नगरे एसएसपीबाटै अवकाश

अ+ अ-

काठमाडौँ। शुक्रबार प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) र त्रिभुवन विश्वविद्यालयबीच मास्टर्स इन पुलिस साइन्स (एमपीएस)मा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर र त्रिविको व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्माबीच प्रहरी प्रधान कार्यालयमा एमपीएसका बारेमा सम्झौता भएको हो । यो सम्झौता भएसँगै नेपाल प्रहरीमा अब औपचारिक रूपमा स्टाफ कलेज कोर्स सुरुवात भएको छ ।

प्रहरीको नीति तथा समन्वय समिति (पीसीसी)बाट गत जेठमा प्रस्ताव स्वीकृत भएपछि स्टाफ कलेजको कोर्सलाई अघि बढाइएको थियो । प्रहरी महानिरीक्षक (आइजीपी)को नेतृत्वमा रहेको पीसीसीले प्रस्ताव पारित गरेपछि यही आर्थिक वर्षबाट स्टाफ कलेज कोर्स लागु गर्ने गरी तयारी अघि बढाइएको छ । सोही अनुसार शुक्रबार त्रिविसँग सम्झौता भएपछि कोर्स अघि बढेको आइजी कुँवरले बताएका छन् ।

सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा एमपीएस कार्यक्रम सुरु गरिएको आइजी कुँवरको भनाइ छ ।

सम्झौता भएसँगै प्रहरी एकेडेमीले वार्षिक क्यालेन्डर बनाएर स्टाफ कलेज अघि बढाउने अन्तिम तयारीमा जुटेको छ । एमपीएसको कोर्सको रूपमा स्टाफ कलेज लागु गरिएको हो । यही असोजबाटै प्रवेश परीक्षा सुरु गर्ने तयारी रहेको रहेको एकेडेमीका एआईजी सुदीप गिरीले बताएका छन् ।

स्टाफ कलेजकै लागि प्रहरी एकेडमीमा १२ असारमा कार्यालय समेत स्थापना गरिएको छ । ‘फ्याकल्टी अफिस अफ मास्टर्स इन पुलिस साइन्स’ नाम दिएर अफिस स्थापना गरिएको छ । यसको प्रमुख, फ्याकल्टी हेड तथा डाइरेक्टरको रूपमा डीआईजी रहेन व्यवस्था गरिएको छ ।

२०७० मा प्रहरी निरीक्षकमा भर्ना भएको १५८ औँ ब्याचबाट स्टाफ कलेज लागु हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस