काठमाडौँ । काठमाडौँ महानगरपालिका मातहतका १ हजार ९४३ सहकारीमध्ये ५८ प्रतिशत विनाअद्यावधिक सञ्चालनमा रहेको पाइएको छ ।
महानगरभित्रका १ हजार १३१ सहकारीले आर्थिक गतिविधिबारे अद्यावधिक नगरेका हुन् । काठमाडौँ महानगरका अनुसार ८१२ वटा सहकारीले मात्रै अद्यावधिक भएको हो ।
महानगर सहकारी विभाग अनुसार आर्थिक वर्ष २०८०-८१ मा महानगर मातहतमा रहेको सहकारीहरू अनुशासनहीन देखिएका हुन् ।