२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वडी आइजी र बहालवाला सईसहित १० जना पक्राउ

अ+ अ-

काठमाडौँ । पूर्वडीआइजी र बहालवाला सईसहित १० जना पक्राउ परेका छन् । जंगली जनावरको चोरीसिकारमा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले बुधबार मध्यराति उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका-२ घर भएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह र विराटनगर ३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने रहेको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा प्रहरीले हतियारसहित उनीहरूलाई नियन्त्रणमा लिएको छ । यस्तै हनुमाननगर कंकालिनी नगरपालिका ८ घर भएका पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, तिरहुत-२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी २ का जर्नादन राउत, इटहरी २ का प्रदीप लिम्बु, राजविराज ७ का रविन दासलाई समेत पक्राउ गरिएको छ ।

यसैगरी हनुमाननगर कंकालनी नगरपालिका-५ का ओमशंकर प्रसैला, वडा नं १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको छ । प्रहरीले उनीहरूको साथवाट २२ क्यालीबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउण्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको छ ।

यस्तै मारिएको बँदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्रयाक्टर र प्र ३-०१-०२२ च ६८५५ नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको छ । सप्तरी प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस