२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी-गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि भारत सकारात्मक : परराष्ट्र मन्त्री राणा

अ+ अ-

काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले कैलालीको भारतसँग सिमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको बताएकी छन् ।

आज कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन उद्घाटन गर्दै राणाले गौरीफन्टा नाका र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विषयमा भारतका प्रधानमन्त्री सकारात्मक रहेको बताएकी हुन् ।

उनले भारतका प्रधानमन्त्री मोदीसँग सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको धनगढी–गौरीफन्टा नाकाको स्तरोन्नति गरिदिन र धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइदिन अनुरोध गरेको बताइन्।

‘मैले सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको गौरीफन्टा नाकाको स्तरोन्नीका लागि भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको छु’, राणाले भनिन् ।

उनले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई धनगढी–गौरीफन्टा नाकाको महत्वका बारेमा लेखेर पठाउन निर्देशन दिएको समेत बताइन् । ‘नाकाको उपादेयताका बारेमा लेख्न भनेको छु। यस नाकाले नेपाल र भारतको व्यापार व्यवसायमा हुने बढोत्तरीका बारेमा पनि लेख्न भनेकी छु। त्यो सबै कुरा भारतलाई लिखित रूपमा बुझाउन भनेको छ’, उनले भनिन् ।

परराष्ट्र मन्त्री भएपछि देउवा पहिलो पटक गृह नगर धनगढी आएकी हुन । मन्त्री राणा धनगढी स्थित आफ्नो घरमा गौरा विसर्जनका लागि आएकी हुन् । आरजुले हरेक वर्ष धनगढी स्थित आफ्नो निवासमा हरेक वर्ष गौरा पर्व मनाउँदै आएकी छन् । विमानस्थलबाट आफ्नो निवास पुगेकी देउवाले गौरा देवीको दर्शन गर्नुका साथै पूजा अर्चना गरी गौरा विसर्जन गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस