२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्दा नदिने डरले विद्युत् बक्यौता उठाउन दलहरू हच्किए : रास्वपा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल विद्युत् प्राधिकरणलाई महसुल उठाउने विषयमा निर्देशन दिन राजनीतिक दलहरू हच्किएको बताएका छन् ।

सार्वजनिक लेखा समितिमा बोल्दै ढकालले १५ दिनभित्र उठाउन निर्देशन दिए आगामी चुनावमा व्यापारीले चन्दा नदिने डरले महसुल उठाउन कडाइ गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘आज निर्णय गरौँ यो महसुल उठाउन विद्युत् प्राधिकरणलाई नै दिउँ । १५ दिनभित्र उठाउन निर्देशन दिऔँ । पहिला पैसा उठाउँ अनि कुलमानको विषयमा प्रश्न उठाऔँ । मिटर लगेर जडान गरेको पैसा तिर्नुपर्छ । यो पैसा तिराइदिएपछि चुनावमा चन्दा पनि दिँदैन । अनि चुनाव लड्न रमाइलो हुन्छ ।’

‘नागरिकले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण समयमै तिरेन भने धितोजवानीले पत्रिकामा छापेको नोटिससहितको पैसा तिर्नुपर्छ । यो नौ वर्षमा यस्ता मिटिङ बस्दा कति खर्च हुन्छ त्यो खर्च र २२ अर्बको व्याजसहित तिराऔं,’ ढकालले भने ।

लेखा समितिमै उपस्थित अर्का सांसद अर्जुन नरसिंह केसीले नयाँले जथाभाबी नबोलौँ भनेको भन्दै आक्रोशित भएका ढकाल समितिमै जंगिएर केसीको अभिव्यक्तिको कडा प्रतिवाद गरेका छन् । ढकालले भ्रष्टाचारका मुद्दा उठाउँदा जथाभाबी नहुने र नयाँले तथ्यमा टेकेर बोल्ने बताए ।

‘९ सय जना नागरिकलाई गैर नागरिक बनाएर बोल्दा जथाभाबी नहुने तर तिर्नुपर्ने पैसा उठाउनुपर्छ भन्दा कसरी जथाभाबी हुन्छ’ भन्दै जंगिए ।

प्रतिक्रिया दिनुहोस