२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतका युवा राज्यमन्त्री काठमाडौँमा

अ+ अ-

काठमाडौँ । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौँ आइपुगेकी छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका घाइते भएका आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न उनी आज बिहान काठमाडौँ आइपुगेकी हुन् ।

उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिइन्। यहाँस्थित भारतीय दूतावासले जनाए अनुसार, पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको सो अस्पतालमा उपचार भइरहेको छ। उक्त दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो।

घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो। प्रहरीका अनुसार सो बसमा ४३ जना यात्रारत थिए।

यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा मृत्यु भएका यात्रुहरूको शव परीक्षण भइरहेको छ। शव परीक्षणपछि उनीहरूलाई भारत पठाइनेछ भनी चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस