काठमाडौँ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)को नतिजाअनुसार महानगरपालिकातर्फ आर्थिक वर्ष २०७९–०८० मा ललितपुर महानगरपालिका देशभरकै अब्बल साबित भएको छ ।
ललितपुरले ८४.५० अंक प्राप्त गर्दै आफूलाई अब्बल गरेको हो ।
त्यसपछि भारतपुर महानगरपालिकाले ८३.८३ अंक प्राप्त गर्दा विराटनगर महानगरपालिकाले ८२.५० अंक प्राप्त गरेको छ ।
यस्तै पोखरा महामगरपालिकाले ८०.७५ अंक प्राप्त गर्दा काठमाडौँ महानगरपालिका ७७.५० अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
यस्तै पुछारमा वीरगन्ज महानगरपालिका परेको हो । स्वमूल्यांकनमा कमजोर देखिएको वीरगन्जले ५९.५० अंक मात्रै पाएको छ ।
गाउँ तथा नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्वमूल्यांकनको प्रणाली कार्यान्वयनमा ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।