१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरजु राणासहित चार मन्त्रीविरुद्ध अख्तियारमा उजुरी

अ+ अ-

काठमाडौँ । सरकारका चार मन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीविरुद्ध उजुरी परेको हो । युवराज सफलले बिहीबार अख्तियारमा उनीहरुविरुद्ध उजुरी दिएका हुन् ।

उजुरीमा विभिन्न काण्डमा मुछिएका व्यक्तिहरू मन्त्री बन्न योग्य नभएको जिकिर गरिएको छ । अर्थमन्त्री पौडेलको सम्पत्ति छानबिन हुनुपर्ने माग उजुरीमा गरिएको छ । उनीमाथि ललिता निवास, सुकुम्वासी जग्गा लगायतका जग्गा प्रकरणमा मुछिएको आरोप लगाइएको छ । 

यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा के कति कारणले आरजु राणा देउवालाई अनुसन्धानकै दायरामा नल्याई छोडिएको हो त्यो कानून सम्मत र न्यायसम्मत देखिँदैन अतः तत्काल अनुसन्धान गर्न सफलले अख्तियारको ध्यानाकर्षण गराएका छन् । ऊर्जा मन्त्री खड्कामाथि जल विद्युत् व्यवसायीलाई नै ऊर्जा मन्त्रालयको जिम्मेवारी दिँदा स्वार्थ बाझिएको भन्दै जग्गा हडपेको आरोप लागेको छ । श्रममन्त्री भण्डारीमाथि वैदेशिक रोजगारीमा जानेहरूमाथि आर्थिक भार थप्ने निर्णय गरेको र ट्राभल एजेन्सीहरूलाई पोस्ने काम गरेको आरोप छ ।

आरोपबाट सफाइ नपाउँदासम्म चारै जना मन्त्री पदमा बस्ने अवस्था नरहेको उजुरीमा उल्लेख छ । अख्तियारले आवश्यक अनुसन्धान एवम् कारबाही नगरेमा आफू सर्वोच्च अदालत गएर भए पनि आवश्यक कानूनी उपचार खोज्न बाध्य हुने सफलले बताए ।

प्रतिक्रिया दिनुहोस