२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किस्ट अस्पतालमा युवती मृत्युबारे छानबिन गर्न सांसदको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको आकस्मिक समयमा उनले बर्दियाको ठाकुरबाबा नगरपालिका-८ की २७ वर्षकी महिलाको अपरेशनपछि मृत्यु भएको बताए ।

२१ साउनमा अस्पताल भर्ना भएकी उनको अपरेशन गर्दा अत्यधिक रक्तश्राब भएपछि रगत दिइएको थियो । त्यसपछि पुनः अपरेशन गरेको उनलाई अस्पतालले २६ साउनमा मृत घोषणा गरेको थियो ।

‘‘२६ गते फेरि २० प्वाइन्ट ब्लड मागिन्छ । २६ गते साँझ उनलाई मृत डिक्लियर गरिन्छ । २६ गतेदेखि आजसम्म त्यो बहिनीको लास अस्पतालमा छ । गम्भीर लापरबाही छ । अस्पताल प्रशासनको गम्भीर लापरबाही छ’, उनले भने ।

उक्त घटनामा चिकित्सक र अस्पताल प्रशासनको गम्भीर लापरबाही देखिएको सांसद गौतमले बताए । यो घटनाको विरोधमा उनको परिवार र नेपाल मगर संघले आन्दोलन गरिरहेको तर कुनै सुनुवाइ नभएको गौतमको भनाइ छ ।

‘मैले स्वास्थ्यमन्त्रीज्यूलाई भनेँ, गृहमन्त्रीज्यूलाई पनि यसको जानकारी छ । गृह प्रशासनलाई राम्रो जानकारी छ । दिनदिनै नाराजुलुस भइरहेको छ, धर्ना भइरहेको छ । तर, पीडितलाई न्याय दिने कुरामा कतै पनि अस्पताल प्रशासन जाँदैन’, उनले भने ।

सांसद गौतमले उक्त घटनाको छानबिनका लागि समिति गठन गर्न माग गरे । यस्तो घटनाले समाजमा राम्रो सन्देश नदिने उल्लेख गर्दै उनले थपे, ‘प्राइभेट मेडिकल कलेजहरू, सरकारी अस्पतालहरू सबैमा नागरिकको जिउधनको सुरक्षा हुनुपर्छ । यो विषयमा नेपाल सरकारको ध्यान जाओस् । तत्काल नै यो घटना कारबाही अगाडि बढाओस् ।’

बर्दियाबाट उपचारका लागि काठमाडौँ आएकी महिला गरिब परिवारकी सदस्य रहेको र उनका श्रीमान् मोटरसाइकलमा राइड सेयरिङको काम गर्ने गरेको सांसद गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस