२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवाहको तीन वर्षपछि समलिङ्गी विवाहले पायो कानूनी मान्यता

अ+ अ-

पाल्पा । पाल्पामा समलिङ्गी विवाहलाई कानूनी मान्यता दिँदै विवाह दर्ताको प्रमाण पत्र प्रदान गरिएको छ ।

विवाह गरेको तीन वर्षपछि पाल्पाको रामपुर नगरपालिका-९ जब्गादीका ३१ वर्षीया चिना कुमारी नेपाली र पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका-१ मिथुकरमका ३६ वर्षीया ज्योति सार्कीको समलिङ्गी विवाहले कानूनी मान्यता प्राप्त गरेको हो । रामपुर नगरपालिका-९ नम्बर वडा कार्यालयमा विवाह दर्ता भएसँगै कानूनी मान्यता प्राप्त गरेको हो ।

चिना र ज्योतिले विवाह दर्ताका लागि निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रको आधारमा गत आइतबार विवाह दर्ता प्रमाणपत्र जारी गरिएको रामपुर-९ का वडासचिव मो। युनस खानले जानकारी दिए । चिना र ज्योति दुवै महिला हुन् । विवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चिनालाई दुलहा र ज्योतिलाई दुलही उल्लेख गरिएको छ ।

लामो समय प्रेम सम्बन्ध रहेको यो जोडीले पाल्पाको सिद्धबाबा मन्दिरमा २०७८ असोज २९ गते परम्परा अनुसार विवाह गरेको थियो । उनीहरू दुवै जना वैदेशिक रोजगारीको क्रममा कतारमा छन् । घर आएको समयमा विवाह दर्ता गराएका हुन् । पाल्पामा यो नै पहिलो समलिङ्गी विवाह दर्ता हो ।

प्रतिक्रिया दिनुहोस