२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केही वर्षभित्र नेपालमा धेरै क्रिकेट रंगशाला तयार हुनेछन् : मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केही वर्षभित्र नेपालमा धेरै क्रिकेट रंगशाला तयार हुने दाबी गरेका छन् । नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक कार्यक्रममा खेलकुद मन्त्री चौधरीले देशभर नै रंगशालाको निमार्णको प्रक्रिया सुरु भएको बताएका हुन् ।

‘राष्ट्रिय गौरवको आयोजनामध्ये चितवन र मुलपानीको रंगशालाको डिपिआर बनेर आइसकेको छ । इआइको प्रक्रियामा छ । हामी चाडोभन्दा चाडो सहमतिले कोटेसनमा जाँदैछौँ’, उनले भने, ‘गिरिजाप्रसाद कोइराला विराटनगर सरकारको आर्थिक सहयोग भयो भने चाडो बन्ने विश्वास दिलाउन चाहन्छु ।’

उनले थपे, ‘जनकपुर र धनगढीको फाप्ला रंगशाला भारत सरकारको सहयोगमा चाडोभन्दा चाडो डिपिआर भएर अगाडि बढ्ने कोशिसमा छ । केही महिना र केही वर्षभित्र नेपालमा धेरै क्रिकेट रंगशाला तयार हुँदैछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एनपीएलमा विदेशी खेलाडीलाई सहयोग गर्न छुट्टै डेक्स राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले एनपिएलका लागि राखेपले सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले रंगशाला निर्माणका लागि गरेको निर्णय उत्साहजनक रहेको उल्लेख गरे । समयमै क्रिकेट रंगशाला निर्माण हुनेमा क्यान आसावादी रहेको चन्दले बताए ।

नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने उक्त प्रतियोगिता आउँदो मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने तय भएको हो । प्रतियोगिताको लोगो समेत सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस