काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्याएको थियो ।
शनिबार बिहान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।
त्यस क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको अवलोकनमा गएकाहरूलाई उधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । २ वटा फुटेको र २ वटा अझै जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् ।
बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवतजावत ठप्प बनेको छ ।
सम्बन्धित समाचार : रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
सम्बन्धित समाचार : थामे बाढी अपडेट : एक जना बेपत्ता, उद्धार कार्य जारी
सम्बन्धित समाचार : सीडीओलाई फोन गरेर प्रधानमन्त्री ओलीले लिए थामे बाढीबारे जानकारी
सम्बन्धित समाचार : सोलुखुम्बुको पासाङ थामे हिमताल फुट्दा ५ घरमा क्षति, थप विवरण आउन बाँकी (भिडियोसहित)