२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा ‘वल्के’ पर्व मनाइँदै

अ+ अ-

कैलाली । जेठो पर्वका रूपमा मनाउने गरिएको ‘वल्के’ पर्व आज सुदूरपश्चिम प्रदेशमा हर्सोल्लासका साथ मनाइँदैछ । भदौ सङ्क्रान्ति अर्थात् ! गतेका दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात् ‘उपहार’ भन्ने बुझिन्छ । आजका दिन बिहानै नुहाइधुवाइगरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रूपमा दूध, दही, पिँडालुको कलिला पात अर्थात् ‘गाभा’, फलफूल आदि दिएर सम्मान गर्ने एकखालको छुट्टै परम्परा रहिआएको छ । 

“त्यस्तै गाउँ घरतिर जसका घरमा गाईभैँसीको दूध, दही अर्थात् गोरस हुँदैन त्यस घरमा दूध, दहीलगायत बाँड्ने प्रचलन छ”, धनगढीका स्थानीय हिरालाल जोशीले भने, “यसलाई हाम्रो स्थानीय भाषामा ‘गोरस’ अर्थात् ‘सितन’ भन्ने गरिन्छ ।” मौलिक पर्वका रूपमा रहेको यस पर्वमा विभिन्न प्रकारका स्थानीय खानाका परिकार पकाएर खाने र खुवाउने चलन छ । घरपरिवारका सदस्य एकसाथ बसेर मीठो–मसिनो खाइ रमाइलो गरिन्छ ।

विषेशगरी यस पर्वका दिन विवाहित छोरी बेटीलाई माइती घरमा बोलाइ लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाडो, मासे माणालगायत स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ । परापूर्व कालदेखि नै ‘मरुला भनेर ‘बिस’ खानु, बाँचे भनेर ‘वल्के’ खानु’ भन्ने एक किसिमको किंवदन्ती पनि छ । ‘बिस’ भन्नाले नयाँ वर्ष अर्थात् वैशाख १ गते मनाइने पर्व हो ।

त्यसैगरी यस चाडमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, पिङ खेल्ने तथा स्थानीय लोक भाकामा गीत गाउनेलगायत क्रियाकलाप पनि गर्ने गर्दछन् । सहरमा भने यो चाडको महत्त्व केही मात्रामा घट्दै गएको पाइन्छ ।

प्रदेशका केही पहाडी जिल्लामा त यस चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङग्याई रमाइलो गर्ने चलन रहेको छ । यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट वर्षात्को समयमा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने विभिन्न छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास छ । 

सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्वका बारेमा हिजोआज बुढ्यौली तथा पाको उमेरका मानिस जानकार रहे पनि नयाँ पुस्तामा भने यसको महत्त्व र विशेषताबारे खासै जानकार नभएको स्थानीय भक्तराज पाण्डे बताउछन् ।

 यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउँ, गडवाललगायत स्थानमा पनि मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस