२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद् बैठक बस्दै : सहसचिवको सरुवा हुन सक्ने, वाणिज्य दूत पनि तोकिँदै 

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अपराह्न पाँच बजेका लागि बैठक बोलाएका हुन् । 

बैठकले मन्त्रालयहरूबाट प्राप्त नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सरुवा तथा नियुक्ति पनि गर्न सक्ने बुझिएको छ । प्रशासन सिंहदरवार खास स्रोतका अनुसार सानो संख्यामा भए पनि सह सहसचिवको सरुवा हनु सक्ने बताइएको छ । यसअघि सयौँको संख्यामा सूची तयार गरिएको भनिए पनि आज भने दुई दर्जन जतिको हाराहारीमा सहसचिवको तयारी रहेको ती स्रोतले बताए । यो संख्यामा केही तलमाथि हुन सक्ने पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोत बताउँछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट बैठक बस्नु अघिसम्म प्रस्ताव पुगेको खण्डमा आजै निर्णय हुने छ । आज सरुवा सूचीमा पर्ने सहसचिवहरूमा अर्थ मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेका महत्त्वपूर्ण विभागका महानिर्देशक तथा मन्त्रालयको महत्त्वपूर्ण महाशाखा र महावाणिज्यदूतमा पठाइन लागेका सहसचिवहरूसहित अन्य केही निकायमा खटिई जानेहरूको सूची रहेको जानकारी प्राप्त भएको छ । 

यससँगै केही देशमा रिक्त महावाणिज्य दूत पनि आजै नियुक्त हुन सक्ने बुझिएको छ । सहसचिवको सरुवा सूचीसँगै महावाणिज्य दूतमा पठाउन लागिएका सहसचिवहरूको नामावलीसमेत पठाउने र आजै नियुक्त गर्ने सम्भावना रहेको ती स्रोतले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस