१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा उपमहानगरको गेटअगाडि व्यवसायीको धर्ना

अ+ अ-

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाको राजश्व वृद्धिको निर्णयविरुद्ध मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले उपमहानगरको गेटमा धर्ना दिएका छन् । व्यवसायीले पहिलो चरणको आन्दोलनअन्तर्गत आज तेस्रो दिन बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघको भवन हेटौँडा-२ बाट र्‍यालीसहित उपमहानगरपालिकाको गेटसम्म पुगेका सयौँ व्यवसायीले उपमहानगरपालिकाले वृद्धि गरेको कर खारेज गर्नुपर्ने माग राखेका छन् ।

अहिले आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई पलायन हुने गरी विज्ञापन करसहितका अन्य करको दायरा १५० प्रतिशतसम्म बढाएको भन्दै उक्त कर बढाउने निर्णय खारेज नगरेसम्म आफूहरू आन्दोलित हुने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए ।

व्यवसायीको आन्दोलनलाई मकवानपुर उद्योग वाणिज्य संघ मातहतको १८ भन्दा बढी बस्तुगत संघहरुले ऐक्यबद्धता जनाएका छन् । व्यवसायीहरूले कर वृद्धिको निर्णय खारेज हुनुपर्ने भन्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई हिजै ज्ञापन पत्र बुझाएका थिए ।

हेटौँडा उपमहानगरपालिकाले व्यवसाय कर, घरभाडाको आधारदर, एकीकृत सम्पत्ति कर र विज्ञापन करमा १५० प्रतिशतसम्म वृद्धि गरेपछि हेटौँडाका व्यवसायी आन्दोलित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस