डोटी । डोटीमा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन् ।
जिल्लाको आदर्श गाउँपालिका वडा नं. ४ रोडिंगका १७ वर्षीय विष्णु बोहरा घाइते भएको स्थानीय नरेन्द्र रोकायाले जानकारी दिए ।
उनलाई गाउँ नजिकको आफ्नो खेत नजिक बाख्रा चराइरहेको अवस्थामा भालुले दिउँसो ३ बजे आक्रमण गरेको थियो ।
घाइते बोहराको डोटीमा उपचार सम्भव नभए पछि स्थानीय जीडी पोलिक्लिनिकमा प्राथमिक उपचार गरी धनगढी रिफर गरिएको प्रहरी चौकी मौवाले जनाएको छ ।