काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ ।
बैठकमा चार एजेण्डामा छलफल केन्द्रित रहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। आजबाट नेताहरुले एजेण्डामा केन्द्रित रहेर आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।
यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए ।