काठमाडौँ । नेपालका कारागारमा क्षमताभन्दा ७५ प्रतिशत बढी कैदीबन्दी रहेको पाइएको छ ।
बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘शान्ति सुरक्षा र कारागार व्यवस्थापन’ विषयक छलफलमा भाग लिँदै कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले कारागारको क्षमता १६ हजार कैदीबन्दीलाई राख्ने मात्रै रहे पनि २८ हजार ६१२ कैदीबन्दी रहेको जानकारी गराए ।
उनका अनुसार १० हजार ९३२ जना थुनुवा र १७ हजार ६८१ जना कैदी छन् । जसमा २६ हजार ९६६ पुरुष र १ हजार ६४६ जना महिला छन् ।
त्यस्तै ६५ वर्ष माथिका ६१८, आश्रित बालबालिका ७६ र १ हजार ४३२ जना विदेशी कैदीबन्दी रहेका छन् ।