२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखन अनुसन्धानका लागि ३ महिना समय तोक्नुपर्छ : गृह मन्त्री लेखक

अ+ अ-

काठमाडौँ । मानव बेचबिखन अपराधको अनुसन्धानका लागि ३ महिनाको समय तोक्ने गरी कानुन संशोधन गरिने गृह मन्त्री रमेश लेखकले बताएका छन् ।

मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मंगलबार जावलाखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।

मानव बेचबिखनको अनुसन्धानका लागि २५ दिनको समय पर्याप्त नहुने भन्दै कानुन संशोधन गरेर ३ महिनाको समय बनाइने मन्त्री लेखकको भनाइ छ ।

यो अपराध अन्तर्राष्ट्रिय रूपमै फैलिएको बताउँदै मन्त्री लेखकले यसको दुष्प्रभाव विश्वभर विस्तार भइसकेको बताए । ‘यसका विरुद्धमा शून्य सहनशीलता अपनाउनुपर्छ । सरकारले मानव बेचबिखन विरुद्धको पूरा साथ दिने प्रतिबद्धता गर्दछ,’ मन्त्री लेखकले भने ।

मानव बेचबिखन विरुद्धको लडाइँमा प्रहरी मात्र पर्याप्त नहुने भएकाले नागरिकमा जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए । ‘प्रहरी घरघरमा पुग्न सक्दैन । मानव बेचबिखन विरुद्ध पालिकाले पनि काम गरिदिनुपर्छ,’ लेखकले भने ।

कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले मानव बेचबिखनको अपराध नेपालका लागि चुनौतीको विषय बनेको बताए । भिजिट भिसाको नाममा मानव बेचबिखन नियन्त्रणका लागि प्रहरीले कारबाही अगाडि बढाएको पनि उनले बताएका छन् ।

७५३ पालिकाबाट मानव बेचबिखन विरुद्धको अभियानमा सहयोग आवश्यक रहेको उनको भनाइ छ । मानव तस्करी गर्नका लागि दलाल गाउँ-गाउँमा पुगेको जानकारी आउने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस