२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीका तीन पालिकामा एकीकृत सेवा प्रवाह केन्द्र सञ्चालनपछि सेवाग्राही खुसी

अ+ अ-

काँक्रेविहार (सुर्खेत) । कर्णालीका तीन पालिकाले एकीकृत सेवा सुरु गरेका  छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सुर्खेतको पञ्चपुरी र दैलेखको दुल्लु नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेका हुन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ती स्थानीय तहमा एकीकृत सेवा सञ्चालनमा आएको हो । मुगु र जुम्लाको एक–एक पालिकामा पनि सो सेवा सुरु गर्ने तयारी गरिएका छन् । सेवा केन्द्र सञ्चालनका लागि कार्यालयमा आफ्नै इन्टरनेट, ‘पावर ब्याकअप’को व्यवस्थापन गरिएको छ । विद्युत् लाइन अवरुद्ध भएका बेला पनि सेवा प्रवाह नरोकिएको पालिकाहरूले जनाएका छन् ।

एकीकृत सेवा प्रवाह सुरु गरेपछि कार्यालय पुग्दा हुने अन्योलता, झन्झट हुन छाडेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताए । सेवाग्राहीले सेवाका लागि नाम दर्ता गर्नासाथ आवश्यक पर्ने कागजात के हुन् भन्ने कुराको सूची आफैँ ‘जेनरेट’ हुने गरेको छ । उनले भने, “यसले कागजपत्र नपुगेर काम नभएका कर्मचारी पनि सन्तुष्ट हुन्छन् । कागजपत्र ल्याएर फेरि आउँछन् । अर्को कुरा काम गराउनका लागि प्रत्येक फाँट पुग्न परेन । फाइल पुर्‍याएपछि सेवाग्राही ढुक्कले बस्छन् । काम सकिएपछि खबर आउँछ । सेवा लिन लाग्ने समय पनि पहिल्यै निर्धारण हुन्छ ।” यसले गर्दा सेवाग्राहीलाई सहजता भएको उनले बताए । छिटो र सहज रूपमा सेवा दिने उद्देश्यअनुरूप पालिकाले यो कार्य सुरु गरेको उनले बताए ।

सरकारी निकायमा सेवाग्राहीको सहजताका लागि एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रबाट काम गर्न थालिएको चौरजहारीका उपप्रमुख ईश्वरी शर्मा (बीएम)ले बताए । उनले भने, “हाम्रो नगरपालिका अलि छेउमा पर्छ । चौध वडाको पालिकाका केही वडा टाढा छन् । टाढाबाट आएका सेवाग्राही एउटा मात्र सेवा लिन आए पनि दुई दिनसम्म कुर्नुपर्ने अवस्था थियो । तर अहिले सेवाका लागि लाग्ने समय निर्धारण गरेर काम हुन्छ । यसमा समय कम लाग्छ । सेवा पनि नागरिकले सहज रूपमा लिएका महसुस हामीले गरिरहेका छौँ ।”

दुल्लुले गत चैतदेखि एकीकृत सेवा प्रवाह केन्द्र सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत तिलक विकले बताए। यसले नागरिकमा सन्तुष्टि बढेको उनले जानकारी दिए । सुर्खेतको पञ्चपुरी नगरपालिकामा पनि एकीकृत सेवा प्रवाह केन्द्रले सेवामा नागरिकको सन्तुष्टि वृद्धि भएको नगरप्रमुख लालवीर भण्डारीले बताए। “पहिले जनता फाइल लिएर कोठाकोठा जानुपथ्यो”, उनले भने, “अहिले एकै ठाउँमा बसेर सेवा लिन पाएपछि खुसी छन् ।”

प्रतिक्रिया दिनुहोस