काठमाडौँ । वीरगन्जमा विद्युतको तार मर्मत गर्ने क्रममा भर्याङबाट खसेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।
मृत्यु हुनेमा नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्राविधिक वीरगन्ज महानगरपालिका-२५ निवासी ५३ वर्षीय रामबाबु चौधरी मलाह रहेका छन्।
वडा प्रहरीका अनुसार सोमबार बेलुकी ८ बजेतिर वीरगन्ज-१२ मुर्लीमा भर्याङको मद्दतले विद्युतको पोलमा चढेर विद्युत् मर्मत गरेर तल झर्ने क्रममा मलाह खसेर भुईँमा बजारिएका थिए।
गम्भीर घाइते मलाहलाई उपचारका लागि नारायणी बयोधा अस्पताल लगिएकोमा बेलुकी ८:४० मा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।