२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा प्रमुखहरूसहित गृह सचिव चितवन प्रस्थान

अ+ अ-

काठमाडौँ । तीनवटै सुरक्षा प्रमुखहरूसहित गृह सचिव एकनारायण अर्याल चितवनतर्फ प्रस्थान गरेका छन् । चितवनको सिमलतालमा भएको दुई वटा बस र तिनमा सवार यात्रुहरूको खोजी कार्य जारी रहँदा गृह सचिव सुरक्षा प्रमुखसहित अवलोकनका लागि त्यसतर्फ लागेका हुन् ।

दुर्घटना स्थलमा भइरहेको खोजी कार्यको निरीक्षण गर्न गृह सचिव अर्यालसहित नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुत्तराज थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल तथा गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव डा. भीष्मकुमार भूसाल र नेपाली सेनाका अधिकारीसहित त्यतातर्फ लागेको हो ।

शुक्रबार बिहान वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । ५० जना बढी भन्दा बढी यात्रु रहेको अनुमान गरिएको सो बसमा सवार तीन जना पौडिएर बाच्न सफल भएका थिए ।

हराएका मध्ये ५ जनाको शव भेटिएको छ भने अन्यको खोजी कार्य जारी छ । गत शुक्रबारदेखि हराइरहेका बस र ती बसमा सवार यात्रुहरूको खोजीका लागि ५०० भन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर परिचालन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस