२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवा ४ खर्ब पुग्यो शोधनान्तर बचत

अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट सार्वजनिक हुनु अगाडि गाडी आयात बढ्दा पनि जेठमा चालु खाता र भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) बचत बढेको छ ।

जेठमा चालु आवकै उच्च आयात भए पनि रेमिट्यान्स अघिल्ला महिनाको तुलनामा बढेको छ । यसले चालु खातासँगै मुलुकको शोधनान्तर स्थिति चालु आवको ११ महिना (साउन-जेठ) सम्ममा सवा ४ खर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आवको ११ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकमा शोधनान्तर बचत ४ खर्ब २५ अर्ब ६७ करोड पुगेको छ ।

आव २०७८/७९ मा २ खर्ब ५५ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति लगातार १४ महिनाको घाटा पछि २०७९ असोजयता लगातार बचतमा छ । गत आव २०८९/८० मा २ खर्ब ९० अर्ब बचतमा रहेकोमा चालु आवको ११ महिनामा नै सवा ४ खर्ब पुगेको हो ।

शोधनान्तर बचत मात्रै नभएर चालु खाता बचत समेत २ खर्ब नाघेको राष्ट्र बैंकले जनाएको छ । जेठ मसान्तसम्मको तथ्यांक अनुसार चालु खाता २ खर्ब ३९ करोडले बचतमा रहेको छ । गत आव २०७९/८० को सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । यस अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी भई ५ अर्ब ४६ करोड कायम भएको छ ।

यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोडले धनात्मक रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । गत वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड कायम भएको थियो । यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोडले धनात्मक रहेको थियो ।

प्रतिक्रिया दिनुहोस