२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी-पूर्तिघाट सडक सञ्चालनमा

अ+ अ-

गुल्मी । पहिरोले पाँच दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । करिडोरअन्तर्गत गुल्मीको रुद्रवेणी‐हर्मिचौर र पुर्तिघाट सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि गत शुक्रबारदेखि उक्त सडक अवरुद्ध थियो । 

गरगरे, मुल्क, पातीखोला र बरल्वामा खसेको पहिरो कालीगण्डकी गाउँपालिका र कालीका कन्ट्रक्सनको सहयोगमा हटाएपछि सडक सुचारु भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए ।

गुल्मीको पुर्तिघाट खण्डसम्म सडक सञ्चालनमा आए पनि बागलुङतर्फ जाने सडक अझै अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सवारी साधन गुड्न सकेका छैनन् । 

आइतबारदेखि अवरुद्ध मदनभण्डारी राजमार्गअन्तर्गत तम्घास‐रिडी सडक-खण्ड मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको छ । उक्त सडकखण्डको गुल्मी दरबार गाउँपालिका-४ स्थित वीरबासमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको हो । सडक सुचारु भएसँगै बीचमा रोकिएका सवारी साधन गन्तव्यतिर लागेका छन् । वर्षाका कारण अधिकांश ग्रामीण सडकमा पहिरोले क्षति पुगेको छ । 

जिल्ला प्रशासन कार्यालयले वर्षाको समयमा बाढीपहिरोको प्रकोपबाट जोगिन नागरिकलाई सचेत हुन आग्रह गरेको छ । कुनै समस्या परेमा तत्काल नजिकको प्रहरी कार्यालय, स्थानीय पालिका वा प्रशासनमा खबर गर्न सूचना प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।  

प्रतिक्रिया दिनुहोस