काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित जयन्दु बाल सुधार गृहमा भएको झडपबारे छानबिन गर्न समिति गठन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको प्रमुख जिल्ल आधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
सोमबार सुधार गृहमा झडप सुरु भएपछि ६५ जना बालबालिका त्यहाँबाट निस्केर भागेका थिए । उनीहरूमध्ये दुईजना अझै सम्पर्कविहीन रहेको र उनीहरूको खोजी भइरहेको प्रजिअ रिजालले बताए ।
झडपमा संलग्नहरूलाई कानून अनुसार कारबाही अघि बढाउन लागिएको प्रजिअ रिजालले बताए ।