काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थप दुई वटा मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् ।
जसपाका दुई मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रधानमन्त्रीलाई नै रिक्त मन्त्रालयको कार्यभार तोकेका हुन् ।
मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य मन्त्री प्रदीप यादव र वन मन्त्री नवलकिशोर साहले पदबाट राजीनामा दिएका थिए । यस्तै स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि राजीनामा बुझाएकी थिइन् ।