काठमाडौँ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादमा सर्वोच्च अदालतको संयुक्त इजलासले एकल इजलासबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय सुनाएको छ।
न्यायाधीशद्धय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले शुक्रबार मुद्दाको फैसला नभएसम्मका लागि अन्तरिम आदेश निरन्तर हुने निर्णय सुनाएको हो ।
सर्वोच्चको यो आदेशपछि यसअघि भएको खारेज प्रक्रिया बदर हुँदै पुरानै प्रक्रियालाई निरन्तरता दिँदै अघि बढाउनुपर्ने भएको छ। बोर्डका अध्यक्ष प्रतिस्पर्धी सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा दोस्रो सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।
यसअघि असार १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।